बर्षाले कति घटाईन तौल ??

0

म्युजिक भिडियो हुदै ‘नाई नभन्नु ल ४’ बाट डेब्यु गरेकी नायिका बर्षा राउत यतिबेला अष्ट्रेलियामा छिन् । उनको अभिनय रहेको मिस्टर झोलेको प्रमोसन सेरोफेरोमा नै अष्ट्रेलिया हानिएकी बर्षा दुई महिनासम्म उतै बस्ने योजनमा छिन् । पछिल्लो समय तौल बढि भएको कारण नै आलोचना खेप्दै आएकी बर्षाले आफनो तौल घटाउनको लागि नै अष्ट्रेलिया गएको भन्ने चर्चा पनि चल्यो ।

26239784_1800522950021373_3140627544782837818_n

बढ्दो तौललाई नियन्त्रण गर्न उनले नेपालमा पनि प्रयास भने नगरेकी होईनन् । खानपानको सौखिन बर्षा त्यसमा पर्याप्त मात्रामा सफलता नपाएपछि उनी आलोचकहरुको मुख थुन्नकै लागि अष्ट्रेलिया पुगेकी हुन् ।

भनिन्छ उनले आफनो नयाँ चलचित्रको लागि तौल घटाउन पर्ने भएकोले उता पुगेकी हुन् । हालै उनले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गरेकीछिन् जुन तस्बिरमा उनी कूल मुडमा देखिएकीछिन् ।

उक्त तस्बिरबाट उनले कति तौल घटाईन होलिन् भनेर अडकल पाउन निकै मुस्किल छ । तर ग्रञ्ज पाईन्ट र पहेलो सर्टमा उनी बिन्दास देखिएकीछिन् । राम्रो अभिनय गर्ने नायिकाको रुपमा परिचित बर्षा बिषेश गरी ‘छक्का पञ्जा २’ बाट क्लिक भएकी हुन् भने उनको अभिनय रहेको चलचित्र जात्रालाई पनि निकै रुचाईएको थियो ।

बर्षालाई चलचित्रकै सवालमा पनि हात खाली बस्नु परेको छैन यसमानेमा उनी भाग्यमानी नै साबित भएकीछिन् । १० केजी तौल घटाउने योजना रहेकी बर्षालाई उनका दर्शक र शुभेच्क्षुकहरु स्लिम बर्षा हेर्न भने आतुर छन् ।


Share.