अनमोल केसी भन्छन् “म भर्जिन छैन”

0

युवास्टार हुदै मेघास्टारको उपाधीसमेत पाएका अनमोल यतिबेला ‘कृ’ को प्रमोसनमा व्यस्त रहेका छन् । प्राय मिडिया र अडियन्सहरुबाट टाढै बस्ने अनमोल यतिबेला मिडियामा खुलेर प्रस्तुत भईरहेका छन् । यतिबेला अनमोलको बारेमा जान्न ईच्क्षुक उनका फ्यानहरुले धेरै कुरा उनका बारेमा जान्ने मौका पनि पाईरहेका छन् ।

anmol-3

हालसम्म कुनै पनि बिवादमा नआएका अनमोल कुनै समय नायिका आना शर्मासंगको प्रेमसम्बन्धको बारेमा पनि निकै चर्चामा आएका थिए । धेरैलाई नै थाहा भएको कुरा हो उनीहरु जेरीमा काम गर्दे गर्दा नजिकिएका थिए । तर अनमोलले भने आनासंग प्रेम नभएको भन्ने जवाफ दिईरहेका छन् । त्यसोत आनाले पनि ‘ग्याङस्टर ब्लुज’ को प्रमोसनमा थियो तर अहिले छैन भन्ने शैलीको जवाफ दिएकी थिईन ।

anmol

धेरै युवतीहरुको ढुकढुकी बन्न सफल अनमोलले हालै एक मिडियालाई दिएको अन्तरवार्तामा आफु भर्जिन नभएको बताएका छन् । अन्तरवार्ताको क्रममा उनले आई एम नट भर्जिन भन्ने प्रश्नमा एस भन्ने उत्तर दिएका थिए । उनको यो उत्तरले सम्भवत उनका धेरै युवती फ्यानहरुको मन तोडिन सक्छ ।

anmol 3

सिनकै प्रतिक्षारत रहेको अनमोलको ‘कृ’ माघ २६ मा रिलिज हुदैछ । जुन चलचित्रमा अनमोल पहिलो पटक एक्सन अनि एंग्रि लुक्सका साथ दर्शकमाझ आउदैछन् । सुरेन्द« पौडेलले निर्देशन गरेको ‘कृ’ मार्फत नै नायिका अदिती बुढाथोकीले नेपाली रजतपटमा डेब्यु गर्देछिन् ।


Share.