नेपाली नायिका जेनिसाले बलिउडकर्मीसंग हिमचिम बढाउदै

0

यस कुमारको चलचित्र आधा बाटोबाट बिषेशरुपमा चिनिएकी नायिका जेनिसा केसी यतिबेला नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेकीछिन् । पछिल्लो समय भोजपुरी चलचित्रहरुमा व्यस्त हुन थालेकी जेनिसाको यतिबेला बलिउड प्रबेशका लागि संघर्ष निकै भईरहेको छ । फिजिकल फिटनेस वा अन्य तालिमहरु लिईदै बलिउडमा प्रबेशका लागि उनको तयारी जोरकातोडरुपले भईरहेको छ ।

jenisha

त्यतीमात्र होईन यतिबेला उनको बलिउड कलाकारहरुसंगको हिमचिम पनि निकै बढ्दो छ । केही समय अगाडी नायक सलमान खानसंग कामको सिलसिलामा भेट गरेकी भन्दै तस्बिर सार्वजनिक गरेकी थिईन भने फेरी पनि जेनिसाले अर्का नायक निल नितिन मुकेशसंग भेट गरेको तस्बिरहरु पोस्ट गरेकीछिन् ।

jenisha kc

यसबाट पनि बुझन सकिन्छ की जेनिसाले बलिउडकर्मीसंग सम्बन्ध बिस्तार गरिरहेकीछिन् जुन उनको करियरको लागि आवश्यक पनि छ । केही समय अगाडीमात्र प्रियंका चोपडाको होम प्रडक्सनको भोजपुरी फिल्म ‘काशी अमरनाथ’ मा उनले भोजपुरी चलचित्रका सुपरस्टार रबि किशनसंग काम गरेको गीत सार्वजनिक भएको थियो ।

jenisha

उक्त चलचित्रमा उनको अभिनय रहेको पनि बताईन्छ । झन्डै २ वर्षदेखि भारतमा बस्दै बलिउडका लागि संघर्षरत जेनिसाको लकले कत्तिको साथ देला त्यो भने भबिष्यले देखाउला । बिराज भट्ट , यस कुमार जस्ता नायकहरुसंग काम गरेकी उनले नेपाली चलचित्र क्षेत्रमा भने ‘जोश’ ‘एक पल’ , ‘तिमी बिनाको जीवन’ , ‘काले’,’दोस्ती’ , ‘आधी बाटो’ लगायतका चलचित्रमा काम गरिसकेकीछिन् ।


Share.
error: Content is protected !!