‘नाई नभन्नु ल ५’ को निर्देशनमा आफै कस्सिए बिकास आचार्य

0

नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र निर्माण एवं निर्देशन गरेका बिकास आचार्यको चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ सिरिजको निर्माण प्रक्रिया अगाडी बढिसकेको छ । कलाकारको छनौट कार्य धमाधम भईरहेको ‘नाई नभन्नु ल ५’ को निर्देशन पनि स्वंयम बिकास आचार्यले नै गर्ने भएका छन् ।

nai nabhannu la

कथासंग संगै साङगेतिक रुपमा पनि उनको चलचित्रहरु निकै सशक्त हुने गरेको छ । अघिल्ला  सिरिजहरुमा जस्तै ‘नाई नभन्नु ल ५’ मा पनि चर्चित संगितकार बसन्त सापकोटाको संगित रहने पक्का भएको छ । चलचित्रमा करिब ४ वटा गीतहरु समाबेश हुने निर्माण युनिटले जनाएको छ ।

‘नाई नभन्नु ल’ को हरेक  सिरिजहरुका गीतहरुले नेपाली श्रोताहरुको मन निकै जितेको थियो । ‘नाई नभन्नु ल ४’ को गीतमा केही असन्तुष्टी रहे पनि यही चलचित्रको सिरीजका गीतसंगितहरुले पाश्र्व गीतसंगितमा नयाँ आयाम थपेको कुरालाई भने नर्कान सकिदैन ।

गीतसंगितको रुपमा पनि निकै अब्बल हुदै आईरहेको ‘नाई नभन्नु ल’ को पाँचौँ भाग सांगेतिक रुपमा पनि कत्तिको अब्बल साबित होला त्यो भने प्रतिक्षाको बिषय हुनेछ ।

प्रत्येक सिरिजमा जस्तै यस पल्ट पनि बाल कलाकार अनुभव रेग्मी भने छुटेका छैनन् । चलचित्रमा अनुभवको जोडीको रुपमा सेड्रिना शर्मा अनुबन्धित भईसकेकीछिन् । सेड्रिनाले पर्दामा पहिलो पटक काम गर्देछिन् । ‘नाई नभन्नुल ५’ चैत्रबाट फ्लोरमा जाने तयारीमा रहेको छ ।


Share.
error: Content is protected !!