‘छक्का पञ्जा ३’ को सुटिङ बैसाखबाट

0

‘६ एकान ६’ बाट चलचित्र निर्माणमा हात हालेका दिपक-दीपाको जोडी टेलिजिभनमा मात्र होईन चलचित्रमा पनि सफल मानियो । ‘वडा नम्बर ६’ र त्यसपछि ‘छक्का पञ्जा’ को सिरीजसम्म आईपुग्दा यी दुईले नेपाली सिनेक्षेत्रमा नयाँ नयाँ रकेर्डसमेत राखे । केही चर्चा र केही समिक्षकहरुको आलोचनाबीच पनि उनीहरुको हरेक चलचित्र दर्शकहरुले भने निकै रुचाए ।

deepak-deepa-wada-number-cha-party-filmybazar-1024x683

‘छक्का पञ्जा २’ को निर्माण सकिएलगत्तै ‘छक्का पञ्जा ३’ को योजना बुनेका यी दुईले यसको निर्माण प्रक्रिया अगाडी बढाएका छन् । दर्शकको माया र साथले उत्साहित दिपक-दीपाले ‘छक्का पञ्जा ३’ का लागि सिनेक्षेत्रकै उत्कृष्ट छाँयाकार पुरूषोत्तम प्रधानसंग सम्झौता गरेका छन् ।

‘छक्का पञ्जा ३’ मा कलाकारहरुको सवालमा भने यसअघि पनि रहेका हाँस्यकलाकारहरुको जम्बो टोली छुट्ने कुरै आउँदैन भने ‘वडा नम्बर ६’ बाट दोहोरिदै आएकी दिपक-दीपाकी प्रिय नायिका प्रियंका पनि पक्का भएकीछिन् ।’छक्का पञ्जा २’ को प्रमोसनमा नै दीपाले तेस्रो भागको लागि गीत पनि तयार भईसकेको बताईसकेकी थिईन् ।

 बैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको यस चलचित्रलाई दीपा श्री ले नै निर्देशन गर्ने छिन् । उनीहरुले ‘छक्का पञ्जा २’ मा देखिएको कमी कमजोरीलाई ‘छक्का पञ्जा ३’ मा सुर्धार्ने बताउदै आएका छन् । आफना हरेक चलचित्रलाई दशैको सेरोफेरोमा नै रिलिज गर्दे आएका दिपक -दीपाको ‘छक्का पञ्जा ३’ पनि फुलपातीमा रिलिज गर्ने हुने भएको छ ।आसा गरौँ ‘छक्का पञ्जा ३’ दर्शक र आलोचक दुबैका लागि भब्य हुनेछ ।


Share.