कैटरिना कैफ नेपाल आउने खबर हल्लामात्र

0

आगामी फागुन २६ गते टुँडिखेलमा हुने “दबंग द सलमान खान लाईभ इन नेपाल” का लागि बलिउड नायक सलमान खान नेपाल आउदैछन् । नेपालमा रहेका सलमान खानका प्रशंसकहरु सलमान नेपाल आउने भएपछि निकै उत्साहित छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्ने कन्सर्टमा सलमानसंगै बलिउडका अन्य चर्चित हस्तीहरु सोनाक्षी ,कृति सेनन , डेजी शाह , प्रभु देवा , मिट ब्रथर्स नेपाल आउँदैछन् ।

salman-khan

 ‘टाईगर जिन्दा है’ को सफलतापछि कैटरिना पनि दबंग टुरको हिस्सा बनिरहेकीछिन् । यस्तोमा कैटरिना पनि नेपाल आउने खबर बाहिरीएको थियो । तर सोहेल खान र आयोजकले पनि कैटरिना कैफ नेपाल आउन लागेको खबर गलत भएको बताएका छन् । बलिउड नायक एवं निर्माता सोहेलका अनुसार दबंग टुरका लागि कलाकारहरु फेरबदल भईरहन्छन।

उनीहरुको व्यस्त समयको कारण पनि नायिकाहरु फेरबदल हुने गरेको बताए । तर सलमानसंग कैटरिना नेपाल नआउने उनले बताए । यतिबेला सलमान , कैटरिनासहितको टोली अमेरिका , क्यानडामा दंबग टुरको हिस्सा बनिरहेका छन् ।अमेरिकाको कन्सर्टपछि सलमानसहितको टोली नेपाल आउदैछन् ।


Share.