“१४ बर्ष हुदा नेपाल आईसकेका सोहेल भन्छन् “नेपालको सांस्कतिक सम्पदाले मोहित छु”

0

आगामी फागुन २६ गते टुँडिखेलमा हुने “दबंग द सलमान खान लाईभ इन नेपाल” का लागि बलिउड नायक सलमान खान नेपाल आउदैछन् । सोही कार्यक्रमको बारेमा बुझन र प्रेसमिटका लागि सलमानको प्रतिनिधीत्व गर्दे नेपाल आएका उनका भाई , बलिउड नायक एवं निर्माता सोहेल खानले कन्सर्ट भब्य हुने आसा व्यक्त गरेका छन् ।

sohail 2

प्रेसमिटमा बोल्दै सोहेलले दबंग टुरका सबै कलाकारहरु नेपाल भमणका लागि उत्साहित भएको बताएका छन् । नेपालको संस्कृति र नेपालीहरुको सरल र मिलनसार व्यवहारको पंशंसा गर्दे उनले भने मैले नेपालको भ्रमण १४ बर्षको उमेरमा गरिसकेको छ । जुन बेला पनि नेपालको सास्कृतिक सम्पदा र नेपालीहरुको भातृत्वको व्यवहारले मेरो मन जितेको थियो ।

शैक्षिक भ्रमणका लागि नेपाल आएको कुरा स्मरण गर्दे उनले त्यती बेला काठमाडौँ मजाले घुमेको बताए । दबंग टुरका लागि सलमानसंगै सोनाक्षी ,कृति सेनन , डेजी शाह , प्रभु देवा , मिट ब्रथर्सको धमाकेदार प्रस्तुती रहने बताए । नेपालमा कन्सर्टमा आउनु सबैको लागि सम्मान भएको भन्दै उनले अहिलेसम्म गरेको प्रेसमिटमा नेपालको प्रेसमिट सबैभन्दा उत्कृष्ट र सालिन भएको भन्दै उनले प्रंशसा गरेका थिए ।

बलिउडमा नायकमार्फत त्यती सफलता नपाए सोहेलले भने हेलो ब्रदर्स ,लक्की , मैनृ प्यार क्यु किया , प्यार किया तो डरना क्या , पार्टनर , रेडी , जय हो जस्ता फिल्महरु निर्माण गरिसकेका छन् ।


Share.
error: Content is protected !!